भारतमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो



दिल्ली, बैशाख-१९ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३४ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भारतमा भाइरस संक्रमितको संख्या ३४ हजार ८ सय ६३ जना पुगेको हो ।भाइरसबाट ज्यान गुमाउनेको संख्या भने १ हजार १ सय ५४ पुगेको त्यहाँस्थित संचारमाध्यमहरुले जनाएका छन ।

गएको २४ घण्टामा भारतमा १ हजार ८ सय १ जना नयाँ संक्रमित भेटिएका छन् । भारतमा संंक्रमितहरूमध्ये ९ हजार ७८ जना उपचारपछि निको भई घर फर्किसकेका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल २४ हजार ६ सय ४१ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचार भइरहेको छ । भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको क्षेत्र हो ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ९ हजार ९ सय १५ जना पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयले दिएको जानकारीअनुसार दिल्लीमा ३ हजार ४ सय ३९ कोरोना भाइरस सक्रमित रहेका छन् । भारतको राजस्थान, मध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा कोरोना भाइरसको संक्रमण उच्च देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्