भारतमा फेरि २ साता लम्बियो लकडाउन



नयाँदिल्ली,बैशाख-१९ ।भारतमा लकडाउन फेरि २ साता लम्बिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारतमा जारी लकडाउनको समयावधि पुनः दुई साता लम्बिएको हो ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाए अनुसार भारत सरकारले यसअघि लागू गरेको लकडाउनको समयावधि वैशाख २१ गते सकिनेछ।यस लगत्तै फेरि दुई साता बढाएर जेठ ४ गतेसम्म लगडाउन समयावधि कायम गरिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनबारे निर्णय लिन  शुक्रबार उच्चस्तरीय बैठक बोलाएका थिए । बैठक करिब साढे २ घण्टा सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्