भारतमा कोरोना संक्रमितको संख्या झण्डै ४० हजार नजिक,स्थिति भयावह बन्दै



भारत, बैशाख-२१ ।भारतमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ४० हजार नजिक पुगेको छ।संक्रमित हुनेसंगै ज्यान गुमाउनेको संख्या समेत तिब्र रुपले बढ्दै गएको छ। शनिबार मात्रै भारतमा २ हजार ४ सय ४२ जना नँया संक्रमित फेला परेका छन् । यो संगै भारतमा आइतबार बिहान सम्म कोरोना संक्रमितको संख्या ३९ हजार ६ सय ९९ सय पुगेको छ ।

यसैगरि भारतमा शनिबार मात्रै १ सय जना मानिसले ज्यान गुमाएका छन् । यो संगै भारतमा भाइरस संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ३ सय २३ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि थप भयावहस्थिति सिर्जना भएपनि संक्रमितमध्ये १० हजार ८ सय ११ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्