कोरोनाको संक्रमणबाट बिश्वभर मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघ्यो



एजेन्सी,बैशाख-२१ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ७ सय ७८ पुगेको हो । त्यस्तै भाइरस संक्रमितको संख्या बढेर ३४ लाख ८४ हजार १ सय ७६ पुगेको छ ।

संक्रमितमध्ये उपचारपछि घर फर्किएकाको संख्या ११ लाख २१ हजार ५ सय ३९ जना रहेको छ । भाइरस संक्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेकाको संख्या भने ५० हजार ८ सय ५८ जना रहेको छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भैसकेको छ।अमेरिकामा हालसम्म ६७ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा २५ हजार १ सय, इटलीमा २८ हजार ७ सय १०, बेलायतमा २८ हजार १ सय ३१, फ्रान्समा २४ हजार ७ सय ६० र बेल्जियममा ७ हजार ७ सय ६५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्