भारतमा  कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो



काठमाडौ,बैशाख-२२ भारतमा  कोरोना संक्रमितको संख्या ४२ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको हो । त्यहाँ स्थित सञ्चारमाध्यमका अनुसार भारतमा कोरोना संक्रमितको संख्या एक दिनमा झण्डै तीन हजारले वृद्धि भएको छ ।

भाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि बढेर १ हजार ३ सय ९१ पुगेको छ । भाइरस संक्रमितमध्ये ११ हजार ७ सय ७५ जना भने उपचारपछि घर फर्किसकेका छन् ।

यससगै कोरोना भाइरसको अति प्रभावित देशको सूचीमा भारत  १५औँ स्थानमा पुगेको छ । भारतभन्दा अगाडि पेरु, बेल्जियम, क्यानडा, चीन, इरान, ब्राजिल, टर्की, रसिया, जर्मनी, फ्रान्स, बेलायत, इटली, स्पेन क्रमशः अगाडि रहेका छन्।सबभन्दा  शीर्षस्थानमा अमेरिका रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्