भारतमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या १५ सय नाघ्यो



काठमाडौं, बैशाख – २३ । कोरोना भाइरसका कारण भारतमा ज्यान जानेको संख्या निरन्तर वृद्धिको क्रममा रहेको छ ।  अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट १५ सय नाघेको भारतिय स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ६६ जनाको मृृत्यु भइसकेको हो ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या समेत दिनानुदिन वृद्धि भैरहेको छ।भारतमा संक्रमितको संख्या  ४६ हजार ४ सय ३७ पुगेको छ। कोरोनाबाट संक्रमित भएका १२ हजार ८ सय ४७ जना भने उपचारपछि निको भई घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्