भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नजिक



काठमाडौ,बैशाख-२४ । छिमेकी मुलुक  भारतमा कोरोना संक्रमितको संख्या झण्डै ५० हजार नजिक पुगेको छ। तिब्र गतिमा फैलिरहेको भाइरस संक्रमितको संख्या त्यहाँ करिब ५० हजार नजिक पुगेको हो। पछिल्लो २४ घण्टामा  २९ सय ५८ जना नयाँ संक्रमित पुष्टि भएको छ ।

यससंगै भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ । त्यस्तै २४ घण्टामा भारतमा १ सय २६ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल एक हजार ६ सय ९४ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म १४ हजार १ सय ८३ जना ठिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्