भारतमा पछिल्लो तीन दिनमा कोरोना संक्रमित १० हजार बढी,स्थिति भयावह



एजेन्सी,बैशाख-२५ । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या डरलाग्दो रूपमा वृद्धि भैरहेको छ। मे महिनाको सुरुदेखि नै संक्रमितको तथ्यांकमा व्यापक वृद्धि भएपनि पछिल्ला तीन दिनमा १० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार बिहीबार भारतमा कूल कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ९५ पुगेको छ भने १ हजार ७ सय ८३ काे मृत्यु भैसकेको छ।

निको भएर घर फर्किनेको संख्या  १५ हजार २ सय ६६ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्