भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु



एजेन्सी, बैशाख-२६ ।भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ। भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किच्दा १६ जना मजदुरको मृत्यु भएको हो । अस्पतालमा गम्भीर प्रकृतिका पाँच जनाको उपचार भइरहेको छ ।

रेलको पटरी नजिकै सुतिरहेका उनीहरुलाई रेलले किचेको अनुमान गरिएको छ । यो दुर्घटना शुक्रबार बिहान सवा पाँच बजेतिर भएको बिबिसी हिन्दीले जनाएको छ ।

सबै मजदुर औरंगाबादको एक स्टील फ्याक्ट्रीमा काम गर्थे । उनीहरु भुसावलतर्फ गइरहेका थिए र ट्रेनको प्रतिक्षा गरिरहेका थिए । दुर्घटना औरगंबादका कर्माड स्टेशन नजिकै भएको हो । दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्