भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार नाघ्यो,मृत्यु हुने २१ सय बढी



एजेन्सी,बैशाख-२८ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या  ६२ हजार नाघेको छ । पछिल्लो आईबार बिहान सम्मको तथ्यांकअनुसार  भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ । बितेको २४ घण्टामा भारतमा ३२ सय भन्दा बढी संक्रमित फेला परेका थिए ।

यसैगरि भारतमा कोरोनाको कारण हालसम्म २१ सय बढीको ज्यान गैसकेको छ ।पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या २१ सय १ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा भारतमा कोरोनाको कारण १ सय १६ जनाले ज्यान गुमाएका थिए ।

भारतमा हालसम्म १९ हजार कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका  छन् ।

प्रतिक्रिया दिनुहोस्