भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, ७० हजार संक्रमित



एजेन्सी,बैशाख-३० । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार त्यहाँ भाइरसका कारण २ हजार २ सय ९४ जनाले ज्यान गुमाई सकेका छन्।दिप्रतिदिन बढिरहेको संक्रमितको संख्या भनेर ७० हजार नाघेको छ। । यो समाचार तयार पर्दासम्म भारतमा संक्रमितको संख्या ७० हजार ७ सय ६८ जना रहेका छन् ।

कोरोनाबाट मुक्ति पाई घर फर्किएकाको संख्या भने २२ हजार ५ सय ४९ जना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन।उनीहरु उपचारपछि निको भइ घर फर्किसकेका छन् । भारतमा हिजो सोमबार मात्र ३ हजार ६०७ नयाँ संक्रमित फेला परेका थिए । गत आइतबार ४ हजार ३५३, शनिबार ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित भेटिएका थिए । वर्ल्डो मिटर्सको यो तथ्यांक हेर्दा निरन्तर रुपमा बढिरहेको छ ।

भारतमा आगामी मे १७ अर्थात जेठ ४ गतेसम्म लकडाउन जारी छ । कोरोना भाइरस बढ्दै गएकाले लकडाउन अझै २० दिन थप्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्