भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो



एजेन्सी, वैशाख-३० । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ७० हजार नाघेको छ। संक्रमित हुने व्यक्तिको संख्या ७० हजार ७ सय ५६ जना पुगेको हो। यो तथ्यांक मंगलबार बिहानसम्मको हो। भाइरस  संक्रमणबाट गएको २४ घण्टा  यता ८७ जनाको मृत्यु भएको बताइएको छ ।

भारतस्थित स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाए अनुसार   भारतमा बितेको २४ घण्टामा मात्र ३ हजार ६ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।

भारतमा भाइरसका कारण मृत्यु  हुनेको सख्या २ हजार २ सय ९३ जना पुगेको छ । संक्रमणबाट निको भएका विरामीको संख्या २२ हजार ४ सय ५४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा मंगलबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४६ हजारभन्दा बढी संक्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २३ हजार ४ सय  नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । यस संक्रमणबाट महराष्ट्रमा ८ सय ६८ को मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ ।

भारतमा २४ मार्चदेखि  लगाएको लकडाउन हाल तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्