अमेरिकन आइडलको टप ५ मा दिवेश पोखरेल,भोटिङ खुल्ला



काठमाडौं,जेठ-५ । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा पुगेका छन् । यससँगै उपाधिका लागि भोटिङ खुल्ला भएको आयोजकले जनाएको छ ।

उनले उपाधिका लागि अब  अन्तिम राउन्डको प्रतिस्पर्धा गर्नेछन् । यो प्रक्रिया सुरु भइसकेको छ । फाइनल राउन्डका प्रत्येक प्रतिस्पर्धीले दुई–दुई वटा प्रस्तुति दिनुपर्नेछ । साथै दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण प्रतिस्पर्धामा भाग लिने प्रतियोगीहरुले घरबाटै आफ्नो प्रस्तुति दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्