भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो



एजेन्सी,जेठ- ६ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ।बितेको २४ घण्टामा भारतमा ४ हजार ९ सय ७० जना कोरोना भाइरस संक्रमित थपिएसंगै संक्रमितको संख्या १ लाख नाघेको हो।

पछिल्लो तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या लाख १ हजार १३९ पुगेको छ।संक्रमणको वृद्धिसंगै मृत्यु हुनेको संख्या समेत दिनानुदिन बढिरहेको भारतस्थित सञ्चारमाध्यमहरुले जनाएका छन।

भारतमा सोमबार एकै दिनमा १३४ कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार १ सय ६३ जना पुगेको हो ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाए अनुसार भाइरसबाट मुक्ति पाई घर फर्कनेको संख्या भने ३९ हजार १ सय ७४ जना रहेको छ।कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् ।महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्