भारतले पनि थप्यो एक महिना लकडाउन



एजेन्सी,जेठ १८  । छिमेकी देश भारतले पनि एक महिना लकडाउन थपेको छ। भारत सरकारले शनिबार उक्त निर्णय गरेको हो । भारतमा यो पाँचौ पटक थप गरिएको लकडाउन हो ।

लकडाउनको निर्णय भएपनि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी रहेको भारत सरकारले जनाएको छ । जसअनुसार जून ८ देखि लकडाउन खुकुलो बनाउने पहिलो चरण सुरु हुन्छ ।

जस अन्तर्गत पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु खुलाउने तयारी गरिएको बताइएको छ । दोश्रो चरणमा राज्य सरकारहरुसँग छलफल गरी विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने जनाइएको छ ।

तेश्रो चरणमा अन्तर्राष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुल लगायत खोलिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्