भारतमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या ५ हजार नाघ्यो



एजेन्सी , जेठ १८ ।  भारतमा आईतबार बिहानसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ हजार १ सय ८५ पुगेको हो ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्या समेत  बढ्दै गएको हो ।भारतमा बितेको २४ घण्टामा २ सय ५ जनाको मृत्यु भएको छ । मृतकको संख्या एकै दिन २सय  नाघेको यो लगातार दोस्रो दिन हो । अघिल्लो दिन शुक्रबार पहिलो पटक मृतकको संख्या २सय नाघ्दा २ सय ६९ जनाको मृत्यु भएको थियो ।

यसैगरि भारतमा हालसम्म १ लाख ८१ हजार ८ सय २७ जना संक्रमित फेला परिसकेका छन् । जसमा ८६ हजार ९ सय  ३६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्