कोरोनाबाट भारतमा एकैदिन २३० जनाको मृत्यु



एजेन्सी ,जेठ १९ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणबाट एकैदिन २ सय ३० जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ५ हजार ३ सय ९४ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बितेको २४ घण्टामा ८ हजार ३ सय ९२ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्म कै उच्च संख्या हो ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक लाख ९० हजार ५ सय ३५ पुगेको छ । भारतमा संक्रमितको संख्या जर्मनी, फ्रान्समा भन्दा बढी भएको छ । जर्मनीमा अहिलेसम्म एक लाख ८३ हजार ४ सय ९४ जना संक्रमित भएका छन् भने फ्रान्समा एक लाख ८८ हजार ८ सय ८२ जना संक्रमित भएका छन् ।

धेरै संक्रमित हुने देशको सुचीमा भारत सातौ स्थानमा उक्लिएको छ ।भारतमा अहिलेसम्म ९१ हजार ८ सय १८ जना ठिक भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्