अमेरिकामा एकैदिन २१ हजार बढीमा कोरोना संक्रमण



एजेन्सी ,जेठ २० । अमेरिकामा एकैदिन २१ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ ।अमेरिकामा पछिल्लो २४ घण्टामा २१ हजार ४ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या १८ लाख ५८ हजार ६३७ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण १ लाख ६ हजार ९ सय १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ सय २३ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९ सय १९ पुगेको हो ।

कुल संक्रमितमध्ये ६ लाख १२ हजार ६ सय ४९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ३९ हजार ७२ जनामध्ये १६ हजार ९ सय ४७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्