अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो



एजेन्सी,जेठ २३ । अमेरिकामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा एक हजार ३३ जनाले ज्यान गुमाएका छन् । यो संगै अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख १० हजार १ सय ७३ पुगेको हो ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा २२ हजार ५ सय २९ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या १९ लाख २४ हजार ५१ पुगेको छ ।

त्यस्तै अमेरिकामा हालसम्म ७ लाख ९ हजार ७२९ जना ठिक भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्