अमेरिकामा कोरोनाबाट ज्यान जानेको संख्या १ लाख १२ हजार नाघ्यो



एजेन्सी ,जेठ २५ । अहिले बिश्वभर कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ भने मृत्यु हुनेको संख्या पनि बढ्दो छ । अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १२ हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा बितेको २४ घण्टामा ७ सय ११ जनाको मृत्यु भएको छ । यो संगै अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख १२ हजार ९६ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ६४ हजार ४१० जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या १९ लाख ८८ हजार ४६१ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ७ लाख ४८ हजार ६८७ जना ठिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्