भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघ्यो



एजेन्सी , जेठ २६ । भारतमा कोरोना संक्रमितकोे संख्या तिब्र गतिमा बढिरहेको छ ।

बितेको २४ घण्टामा भारतमा १० हजार ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । यससंगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ४ सय ८६ पुगेको छ ।

यसैगरि पछिल्लो अपडेट अनुसार भारतमा २४ घण्टामा कोरोनाको कारण २ सय ६१ जनाको मृत्यु भएको छ । यो संगै भारतमा कारोनाको कारण मृत्यु हुनेको संख्या ७ हजार २ सय ७ पुगेको छ ।

भारतमा कोरोना संक्रमितमध्ये १ लाख २३ हजार ८ सय ४८ जना संक्रमणमुक्त भई घर फर्किसकेका छन ।

प्रतिक्रिया दिनुहोस्