कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या  १ लाख १५ हजार नाघ्यो



एजेन्सी ,जेठ २९ । कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या  १ लाख १५ हजार नाघेको छ।अमेरिकामा कोरोनाबाट बितेको  २४ घण्टामा मात्र   ९ सय ७५ जनाले ज्यान गुमाएका छन्  ।  यससंगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १५ हजार १ सय ३० पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा १९ हजार ९ सय ६१ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २० लाख ६५ हजार ५ सय ८० पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ८ लाख १ हजार ४ सय १६ जना ठिक भएर घर फर्किसकेका  छन् ।

प्रतिक्रिया दिनुहोस्