बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या



एजेन्सी,जेठ ३२ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

घटनाको खबर पाए लगत्तै मुम्बई प्रहरी अनुसन्धानको लागि राजपुतको घरमा पुगेको बताइएको छ । राजपुतको आत्महत्याको खबर सार्वजनिक भए पनि उनले आत्महत्या गर्नुको कारणबारे भने खुलाइएको छैन ।

सुशान्तका घरमा काम गर्ने कामदारले प्रहरीलाई उनको आत्महत्याबारे जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्