फुकुओका नेपाल सोसाइटीमा नयाँ कार्यसमिति, अध्यक्षमा शर्मा



जापान । फुकुओका नेपाल सोसाईटीको २५ औं अधिवेशनले शिव शर्माको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा माधव सिग्देल, उपाध्यक्षहरुमा सुजन केसी, मुक्तिनाथ ढकाल र महिला उपाध्यक्षमा ललिता तामाङ, प्रवक्तामा दिलेन्द्र जोशी, सचिवमा सन्जिव रेग्मी, सह-सचिवमा इन्द्रप्रसाद घले, कोषाध्यक्षमा अशोक सेडाई, सहकोषाध्यक्षमा प्रेम दाहाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रवि बस्नेत र दिपक विक चयन भएका छन् ।

गत सोमबार फुकुओका शहरको हाकाता स्टेसन नजिक एक हलमा सम्पन्न अधिवेशनको सभापति सभापति योगेश कार्की र कार्यक्रम सञ्चालन मुक्तिनाथ ढकालले गरेका थिए । नवनिर्वाचित अध्यक्ष शर्माले स्थानीय सबै संघसंस्थाहरुसँग हातेमालो गर्दै कोभिड-१९ ले पारेको प्रभाव न्युनीकरण गर्ने खालका कार्यक्रम ल्याउने बताए ।

फुकुओका नेपाल सोसाईटी सुरुवातका दिनहरुमा एकआपसमा नेपालीहरुबीच चाडपर्व मनाउने गरिन्थ्यो भने दिनप्रतिदिन बढ्दै गएको नेपालीहरुको चापसँगै यसको कार्य क्षेत्रहरु पनि बढ्दै गएको छ । विभिन्न सांगीतिक कार्यक्रमहरु, आपतकालीन अवस्थामा राहतका कार्यक्रमहरुसँगै विद्यार्थीहरुलाई आवश्यक पर्ने सन्देशमुलक कार्यक्रमहरु गर्दै सोसाइटीले सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्