मौद्रिक नीति सार्वजनिक



काठमाडौ,साउन २ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । कोरोना महामारीले गर्दा अर्थतन्त्रमा व्यापक प्रभाव पर्न सक्ने भन्दै यसको न्यूनीकरणका लागि नयाँ  नीति केन्द्रित गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो ।

चालू आर्थिक वर्षमा सरकारले सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सो लक्ष्यलाई प्राप्तिका लागि नीतिमा केही नवीनतम विषयबस्तु समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव कम गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ ।

कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।

गभर्नर अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्