गल्कोट समाज जापान क्युसुमा राजु गैरेको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति



जापान साउन ७ । गल्कोट समाज जापान क्युसु क्षेत्रीय कार्यसमितिमा अध्यक्षमा राजु गैरेको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

मंगलबार भएको अधिवेशनबाट अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष, सहकोषाध्यक्ष र १० सदस्यसहित १८ जनाको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । नयाँ कार्यसमिति अध्यक्षमा गैरे, उपाध्यक्षहरुमा विशाल केसी, मदन गैरे, रुपक गैरे, सचिव रोहित खत्री,सहसचिवमा श्याम केसी, कोषाध्यक्ष सागर थापा र सहकोषाध्यक्षमा सुजन बस्नेत चयन भएका छन् ।

सदस्यहरुमा घमिर भण्डारी, दयाराम कँडेल, घनश्याम निउरे, हेमन्त बस्नेत, ओम बस्नेत, भिम चोखाल, प्रेम चोखाल, जितबहादुर खत्री, राजु ढकाल र रामु कँडेल छन् ।

मंगलबार भएको सन् २०१८-२० कार्यसमितिको अन्तिम बैठक र ०२०-२२ का लागि नयाँ कार्यसमिति चयनका लागि भएको अधिवेशन विपिन कँडेलको अध्यक्षता र टंक गैरेको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रम मदन गैरेले सञ्‍चालन गरेका थिए ।

अधिवेशनबाट संरक्षक र सल्लाहकार समिति समेत चयन गरिएको थियो । संरक्षक संयोजकमा टंक गैरे, संरक्षक सदस्यहरु राम बस्नेत, देवीलाल गैरे, विपिन कँडेल छानिएका छन् । त्यस्तै सल्लाहकारहरुमा भुमनाथ गैरे, मिलन बस्नेत, नन्दलाल गैरे, मोतिलाल गैरे र अग्‍निधर गौतम चयन भएका छन् ।

अधिवेशनको छलफल सत्रमा अघिल्लो कार्यसमितिको कार्यकालमा भएका गतिविधि र संस्थाको आर्थिक कोषको अवस्थाबारे निवर्तमान अध्यक्ष कँडेलले उपस्थित सबैलाई अवगत गराएका थिए । कार्यक्रममा केन्द्रीय सल्हाकार टंक गैरे, केन्द्रीय सदस्य विपिन कँडेल, मिलन बस्नेत, क्युसु क्षेत्रीय संरक्षक देवीलाल गैरे र सल्लाहकार भुमनाथ गैरेको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्