नेपाली व्यवसायीद्वारा टोकियोमा ‘ग्लोबल बजार’ सञ्‍चालन



‘नुनदेखि सुनसम्म, हीरादेखि जिरासम्म’
साझा पथ संवाददाता
जापान, साउन ८ । नेपालीहरुको बसोबास बाक्लिँदै गएको व्यस्त सहर टोकियोको ओकुबोमा ‘ग्लोबल बजार’ सञ्‍चालनमा आएको छ ।

जापानलाई कर्मथलो बनाउँदै आएका नेपाली व्यवसायी अरुणकुमार श्रेष्ठलगायतको टिमले यही जुलाई १५ तारिखदेखि ग्लोबल बजार सञ्‍चालनमा ल्याएको हो । शुभम कम्पनी जापानले सञ्‍चालनमा ल्याएको ग्लोबल बजारमा नुनदेखि सुनसम्म, हीरादेखि जिरा अनि लत्ताकपडा र खानेकुराहरू समेत पाइन्छ ।

व्यवसायी श्रेष्ठले अन्तर्राष्ट्रिय फुड र फेसन पाउने सुपर मार्केटमा विशेषगरी विदेशी फुड्सको सम्पूर्ण सामग्री,उपलब्ध जानकारी दिए । उनका अनुसार नेपालमा बनाएका सुनका कलात्मक गरगहना, ब्रान्डेड फेसनका कपडालगायत रेमिट्यान्स पनि कारोबार गरिने छ । सुपर मार्कट सञ्‍चालनका लागि ३८ करोड जापानी येन लगानी हुने उनले बताए ।

सञ्‍चालक श्रेष्ठ भन्छन्, ‘यहाँ हजुरहरुको सेवाका लागि ग्लोबल बजार नेपालीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामान नुनदेखि सुनसम्म एउटै छत मुनी उपलब्ध गराउने प्रयासको साथमा हामीहरु हजुरहरुको सेवामा प्रयत्नशील रहेका छौं ।’

जापानमा रहेका सम्पूर्ण नेपालीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामानहरु उपलब्ध गराउनुको साथै आफ्नै देश, आफ्नै भेष आफ्नै रीतिरिवाज आफ्नै परम्परा जगेर्ना गर्नुका साथै आफ्नै देश नेपालमा उत्पादित सामान तथा खरेलु उद्योगलाई प्रोत्साहन गर्दै नेपाली सामानको बजार व्यवस्थापन गर्ने ग्लोबल बजारको उद्देश्य रहेको सञ्‍चालक श्रेष्ठले बताए ।

उक्त बजारको व्यावसायिक सफलता र प्रगतिका लागि शुभकामना दिँदै हेल्प नेपाल एशोसिएसन जापानको तर्फबाट अध्यक्ष दिलकाजी महर्जनले पुष्पगुच्छा र दोसल्ला ओढाई बधाई तथा स्वागत गरेका छन् ।

को हुन् वरिष्ठ व्यवसायी अरुणकुमार श्रेष्ठ

नेपालको चितवनका बासिन्दा वरिष्ठ व्यवसायी श्रेष्ठ गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) का पूर्व सदस्य हुन् । उनले दुई कार्यकालमा ४ वर्ष जिम्मेवारी सम्हालेका थिए ।

अरुणकुमार श्रेष्ठ, वरिष्ठ व्यवसायी

जापानको विभिन्न सामाजिक संघ संथामा सदस्यबाट आबद्ध जनाँदै हाल संयोजक र सल्लाहकारको भूमिकामा छन् । श्रेष्ठ चितवन समाज, लायन्स क्लब लगायत राजनैतिक संस्थामा आबद्ध छन् ।

अहिले मयुर कर्पोरेसनका प्रबन्ध निर्देशकको जिम्मेवारी निर्वाह गरिरहेका छन् श्रेष्ठ । मयुर कर्पोरेसन विगत २० वर्षदेखि नेपालको रक्सी, मुस्ताङ दाल, टिमुर, सिमी लगायत नेपाली अचार तथा खाद्य सामग्री विदेशमा निरन्तर निर्यात गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्