कलेजो प्रत्यारोपण गरिएका बैतडीका बालकलाई जापानबाट ६० हजार ८ सय सहयोग



मोहनसिंह मडै, उपसंयोजक, एनआरएनए जापान क्युस्यु उपसंयोजक मोहनसिंह मडै

जापान साउन १३ । जन्मेको १४ दिनमै कलेजोमा संक्रमण भई कलेजो प्रत्यारोपण गरिएका बैतडीका बालक शिबांश अवस्थीका लागि जापानबाट ६० हजार भन्दा बढी सहयोग पठाइएको छ ।

एनआरएनए जापान क्युस्यु उपसंयोजक मोहनसिंह मडै र रमेश खड्काको नेतृत्वमा गोर्खाज ब्रदर्स एफसी फुकुओबाट २३ हजार १०० येन एउटै कम्पनीमा कार्यरथ नेपाली विद्यार्थीहरुले ३२ हजार येन गरी ६० हजार ८ सय ८५ सहयोग पठाइएको हो । बालकको उपचारमा सहयोग पुर्‍याउन संकलित सो रकम शिबांशका बुवा सञ्‍चारकर्मी महेश अवस्थीको खातामा मोहनसिंह मडैले आईएमसी गरेको जानकारी अजय मडैले दिए ।

साथै गोर्खाज ब्रदर्सले शिवांश अवस्थीलाई सहयोग गर्न पाउँदा एकदमै खुसी लागेको सुवाष बोहरा र मोहन भुसालले प्रतिक्रिया जनाएका छन् । मडैले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबाहिनीहरुलाई सक्दो सहयोग गरिदिनदिन अनुरोध पनि गरेका छन् ।

बालकको कलेजो प्रत्यारोपण गर्दा ठूलो धनराशि खर्च भएकाले सहयोग संकलन गरिएको हो । एनआरएनए जापान क्युस्युले विपद् र शारीरिक समस्याका बिरामीहरुलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्