जनजाति महासंघ कतारले आदिवासी दिवस जुर्चुअलमार्फत मनाउने



कतार । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले यस पटकको २६ औं विश्व आदिवासी दिवस जुममार्फत आयोजना गर्ने भएको छ । जनजाति महासंघ कतारको जुममार्फत बसेको बैठकबाट कार्यक्रमका जुम भर्चुअलमार्फत गरिने निर्णय भएको हो ।

आदिवासी जनजाति महासंघ कतारको अध्यक्ष शिव भुजेलको अध्यक्षतामा बसेको बैठकमा प्रमुख सल्लाहकार, विशेष सल्लाहकार, संस्थापक तथा सल्लाहकार सदस्य तथा संघीय सचिवालय सदस्यहरुको बैठकमा सहभागिता रहेको थियो ।

विगतका वर्षहरुमा महासंघ कतारले सम्पूर्ण मातृसंस्थाहरुको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम र शुभकामना कार्यक्रम दोहामा स्थापित संघसंस्थाहरुको सहभागितामा भव्य रुपमा आयोजना गर्दै आइरहेको थियो । यस वर्ष कोभिड–१९ को विश्वव्यापी महामारी र मानव जगतमा यस्ले पारिरहेको प्रभावलाई र कतारमा कतार सरकारद्वारा घोषित गर्न/नगराउन भनिएका बिषयहरुलाई मध्यनजर गर्दै आदिवासी जनजाति महासंघ संघीय सचिवालयको जुम बैठकले जुम भर्चुअल मार्फत अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाउने निर्णय गरेको हो ।

यस बर्षको २६ औं विश्व आदिवासी दिवस आगामी ७ अगष्ट, २०२० शुक्रवारका दिन कतारको समय १ बजेबाट जुम भर्चुअल मार्फत गरिने र २६ औं विश्व आदिवासी दिवसको प्रमुख अतिथि (प्रमुख वक्ता) नेपाल आदिवासी जनजाति महासंघ,संघीय परिषद् अध्यक्ष जगत बराम रहनु हुने छ भने अन्य अतिथि वक्ताहरुमा क्रमशः आदिवासी जनजाति महासंघ कतार प्रमुख सल्लाहकार देवराज राई, प्रवासी नेपाली एकाता मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिति कतारका का.वा. सभापति शंकर न्यौपाने र नेपाली समाज कतारका अध्यक्ष हिराधन राई रहनेछन् ।

यस बर्षको २६ औं विश्व आदिवासी दिवसमा नेपाल आदिवासी जनजाति महासंघले “पहिचान सहितको संघीयता र स्वात्तताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस । स्वनिर्णित विकाश तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६ औं विश्व आदिवासी दिवस ।” नारा सार्वजनिक गरिसकेको र विगत सरह महासंघ कतारको २६ औं आदिवासी दिवसको व्यानरमा यही नारा रहने भएको हुँदा यस अन्तर्क्रिया कार्यक्रमको विषयसमेत नारालाई नै लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्