वाग्मती प्रदेशकी उपसभामुख तामाङ कोरोना संक्रमण मुक्त



मकवापनुर १५ भदौ । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमण मुक्त भएकी छन् । उपसभामुख तामाङ र उनका ९ वर्षीय छोरालाई साउन ३२ गते कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।

उपसभामुख तामाङले साझा पथसँग कुरा गर्दै आइतबार साँझ आफ्नो पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी पाएको बताइन् । उनले आफ्ना छोराको पनि रिपोर्ट नेगेटिभ आएको बताइन् ।

उपभामुख तामाङले कोरोना भाइरस संक्रमणबाट जोगिन आग्रह गर्दै लागिहालेमा भयानक समस्याको रुपमा नभइ सामान्य रुपमा ग्रहण गर्नुपर्ने सुझाव दिइन् । आफू संक्रमित रहँदा मन्त्री साथीभाइ, आफन्त, शुभचिन्तक लगायत भेट्न आइरहने र पारिवारिक मायाका कारण आत्मबल बढ्नाले कोरोना परास्त गर्न सफल भएको प्रतिक्रिया जनाइन् । उनले भनिन्, ‘कोरोनालाई हराउन सबैभन्दा बढी माया चाहिने रहेछ । तिरस्कार होइन ।’

यो पनि

वाग्मती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण पुष्टि

उपसभामुख राधिका तामाङकी ९ वर्षीय छोरामा पनि कोरोना पोजिटिभ

प्रतिक्रिया दिनुहोस्