कोरोनालाई परास्त गरेपछि उपसभामुख तामाङको स्टाटस्- ‘अथाह माया र सद्‍भावप्रति सधैं ऋणी रहने छु’



मकवानपुर भदौ १५ । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले राजनीतिक, प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति सधैं ऋणी रहने बताएकी छन् ।

सोमबार राति सामाजिक सञ्‍जाल फेसबुकमा एक सन्देश जारी गर्दै उपसभामुख तामाङले आफू कोरोना भाइरस संक्रमित भएर होम आइसोलेसनमा रहँदा सबै क्षेत्रबाट पाएको अथाह माया र सद्‍भावप्रति सधैं रिणी रहने बताएकी हुन् । ‘राजनीतिक, प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिनु भएको छ । मेरो लागि कोरोनो आतंकबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको छ । यहाँहरुको अथाह माया र सदभावप्रति सधैं रिणी रहने छु,’ उनको सन्देशमा छ ।

उनले चौध दिन होम आइशोलेशनको बसाइपछि आइतबार छोरासहित आफ्न‍ो पीसीआर रिपोर्ट निगेटिभ आएको जनाउँदै यस बीचमा आफूहरुको स्वास्थ्यको चिन्ता र सदभावसहित स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति आभारसहित हार्दिक धन्यवाद दिन दिएकी छन् । उनले चापका कारण मोबाइल र फेसबुक मेसेजहरु फर्काउन नपाएकोप्रति माफी समेत मागेकी छन् ।

यो पनि

वाग्मती प्रदेशकी उपसभामुख तामाङ कोरोना संक्रमण मुक्त

‘अत्यधिक चापका कारण धेरै महानुभावहरुको फोन रिसिभ गर्न सकिनँ । साथै मोबाइल र फेसबुक मेसेजहरु पनि फर्काउन सकिनँ । यसप्रति माफी चाहन्छु ।’

उनले संक्रमित रहँदा प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौंडास्थित स्वास्थ्य निकाय, संसद सचिवालय र विशेषगरी आफैंलाई खतरामा राखेर दैनिक व्यवस्थापनमा सघाउने स्वकीय सचिवालय र परिवारका सदस्य सबैप्रति कृतज्ञ छु भनेकी छन् । कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय रहेको भन्दै संक्रमण भइहालेमा आतंकित नभइ आवश्यक स्वास्थ्य विधि अवलम्वन गरिनु पर्नेमा उनको जोड छ ।

‘मुख्यगरी कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्ने हो, सामाजिक रुपमा दुरी बढाउने वा तिरस्कृत गर्नेभन्दा पनि सामाजिक सद\भाव बढाउन आवश्यक ठान्दछु’, उनको सन्देशमा छ ।

उपसभामुख तामाङ र उनका छोरालाई साउन ३२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यो पनि

वाग्मती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण पुष्टि

उपसभामुख तामाङको स्टाटस

चौध दिन होम आईशोलेशनको बसाई पछि हिजो हामी आमा छोराको PCR रिपोर्ट निगेटिभ आएको छ । यस बीचमा हाम्रो स्वास्थ्यको चिन्ता र सदभावसहित स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति आभारसहित हार्दिक धन्यवाद दिन चाहान्छु । अत्यधिक चापका कारण धेरै महानुभावहरुको फोन रिसिभ गर्न सकिन । साथै मोवाइल र फेसबुक मेसेजहरु पनि फर्काउन सकिन । यस प्रति माफी चाहान्छु । राजनीतिक, प्रशासनिक क्षेत्रका उच्च नेतृत्व देखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना तथा भाइरसकाे असरबाट बच्ने उपाय र सुझाव दिनु भएको छ । मेरो लागि कोरोनो आतंकबाट मुक्त हुने मुख्य औषधी नै त्यही बनेको छ । यहाँहरुको अथाह माया र सदभावप्रति सधैं रिणी रहने छु । थप सहजीकरण गर्नुहुने यस प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौंडास्थित स्वास्थ्य निकाय, संसद सचिवालय र विशेष गरी आफैंलाई खतरामा राखेर दैनिक व्यवस्थापनमा सघाउने स्वकिय सचिवालय र परिवारका सदस्य सबै प्रति कृतज्ञ छु ।
कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय हो । यदि संक्रमण भैहालेमा आतंकित नभइ आवश्यक स्वास्थ्य विधी अवलम्वन गरिनु पर्दछ । मुख्य गरी कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्ने हो, सामाजिक रुपमा दुरी बढाउने वा तिरस्कृत गर्ने भन्दा पनि सामाजिक सदभाव बढाउन आवश्यक ठान्दछु ।

प्रतिक्रिया दिनुहोस्