यूरोपमा साझा पार्टीको सद्‍भाव समूह विस्तार



जापान असोज २६ । नेपालमा वैकल्पिक राजनीतिक पार्टीको रुपमा स्थापित गर्ने उद्घोष गरिएको पार्टी साझा पार्टीले अहिले देशभित्र मात्र नभई विदेशमा पनि साझा सद्‍भाव समूह गठन र विस्तारलाई तीव्रता दिएको छ । हालसम्म साझा पार्टीले अन्तर्रास्ट्रिय सद्‍भाव समिति लगायत विश्वका अन्य देशहरु अमेरिका, बेलायत, जापान, साउथ कोरिया, अस्ट्रेलिया, ओमन, कतार, यूएई, कुवेत, भारत, क्यानाडा, डेनमार्क, जर्मन पोल्याण्ड, पोर्चुगल, स्पेन, साउदी अरब लगायतका देशहरुमा राष्ट्रिय सद्‍भाव समितिहरु गठन गरिसकेको छ ।

हालसालै एस के श्रेष्ठको नेतृत्वमा युरोप महादेशीय सद्‍भाव समिति पनि गठन भएको छ । युरोप महादेशीय संयोजक एस के श्रेष्ठले यूरोपमा संगठन विस्तारलाई तिव्रता दिएका छन् । उनले युरोप महादेशीय संयोजक चयनपश्चात् छोटो समयमा नै पोल्याण्ड, आयरल्याण्ड, पोर्चुगल, स्पेनमा संगठन विस्तार गरिसकेका छन् ।

यसैगरी यही अक्टोबर महिनामा नै स्विडेनमा पनि साझा सद्‍भाव समूह निर्माण हुने कुरा जानकारी दिएका छन् । उनी यूरोप महादेशीय संयोजक बनेपश्चात सधैं गरेको वैचारिक संघर्ष सोच मात्र वैकल्पिक भएर हुँदैन व्यवहार पनि वैकल्पिक हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै यूरोप महादेशीय समितिमा बसेको पहिलो बैठकमै जिम्मेवारी बाँडफाँड गरेर सामूहिक भावनाको उच्च कदर गर्नु पर्ने उदाहरण प्रस्तुत गरेका छन् ।

यूरोप महादेशीय समिति प्रवक्तामा प्रभातकिरण सचिवमा अरुण शाक्य सहसचिवमा विकास दोङ र संचार संयोजकमा सुमन सिम्खडा चुनिएका छन् । बाँकी रहेको जिम्मेवारीमा राष्ट्रिय समितिका साथीहरु र अब बन्ने राष्ट्रिय समितिका संयोजकहरुलाई अवसर दिने उनले बताए ।

एस के श्रेष्ठ यूरोप महादेशीय संयोजक बनेको १ महिनामा सयौं सदस्य जोडिएका छन् भने ३ वटा देशमा राष्ट्रिय समिति गठन भइसकेका छन् । जसमा आयरल्यान्डमा सुनील भट्टराईको संयोजकत्वमा ९ सदस्यको राष्ट्रिय समिति गठन भएको, पोर्चुगलमा पोलेन्द्र अधिकारीको संयोजकत्वमा ११ सदस्य राष्ट्रिय समिति गठन गरेको जसमा १०० जनाभन्दा बढी सदस्य जोडिसकेको साथै भर्खरै स्पेनमा ११ सदस्यको राष्ट्रिय समिति गठन गरिएको जसमा २४ जना सदस्य जोडिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्