तमु धिं यूकेको निर्वाचन तालिका सार्वजनिक [सूचनासहित]



लन्डन कात्तिक ४ । तमु धिं यूकेको निर्वाचन तालिका सार्वजनिक सार्वजनिक भएको छ ।

एकेन्द्र गुरुङ प्रमुख आयुक्त रहेको निर्वाचन आयोगले आगामी २१ नोभेम्बरमा हुने २० औं साधारणसभा तथा ११ औं महाधिवेशनको निर्वाचन तालिका प्रकाशन गरेको हो । मिचेट सर्रेमा बिहान ११ बजे सुरु हुने साधारणसभामा उपस्थितिका लागि सम्पूर्ण आजीवन सदस्य तथा साधारण सदस्यहरुलाई अनुरोध गर्दै नोभेम्बर १२ को साँझ ५ बजेभित्र सदस्यता नवीकरण गर्न समेत आयोगले सूचनामा उल्लेख गरेको गरेको छ ।

निर्वाचन तालिका अनुसार मतदाता नामवली प्रकाशन १२ नोभेम्बरको दिउँसो ४ बजे, मतदाता नामवली दावी/विरोध १४ नोभेम्बर बिहान ११ बजे र अन्तिम मतदाता नामावली प्रकाशन सोही दिन दिउँसो १२ बजेलाई निर्धारण गरिएको छ ।

उम्मेदवारी मनोनयन पत्र दाखिला १४ नोभेम्बर दिउँसो १ देखि ४ बजेसम्म, उम्मेदवारी दाबीविरोध सोही दिन साँझ ५ देखि ६ बजेसम्म, उम्मेदवारको नामवली प्रकाशन बेलुकी साढे ६ बजेलाई तोकिएको छ । अध्यक्षमा उम्मेदवारी दिनेहरुले २ सय पाउन्ड, उपाध्यक्षका लागि १ सय ५०, महासचिव लगायत पदाधिकारीहरु र खेलकुद सचिवमा उम्मेदवारी दिनेले सय पाउन्ड र सदस्यका उम्मेदवारी दिन १० पाउन्ड शुल्क कायम गरिएको छ ।

उम्मेदवारको मनोनयनमाथि दाबी विरोध १५ नोभेमबर बिहान १० बजेसम्म र उम्मेदवारको मनोनयन फिर्ता सोही दिन दिउँसो १२ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको अन्तिम नामवली प्रकाशन १५ नोभेम्बरकै दिउँसो १ बजे हुने छ भने २१ नोभेम्बर साँझ ४ बजेपछि मतदान गर्ने समय तालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्