बेलायतको स्थानीय निर्वाचनमा दुई नेपाली उम्मेदवार बन्ने



लन्डन कात्तिक ६ । बेलायतको स्थानीय निर्वाचनमा दुई नेपालीले उम्मेदवारी दिने भएका छन् ।

आउँदो मे मा हुने निर्वाचनमा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीबाट फानवरो क्षेत्रमा नेम थापा र रसमुर बरो काउन्सिलको वेलिङटन वडामा जीव बेल्वासे उम्मेदवार बन्‍न लागेका हुन् । दुबै उम्मेदवारले छनोटका लागि पार्टीको आन्तरिक प्रक्रिया पूरा गरेका छन् ।

थापा मगर संघ यूकेको निवर्तमान अध्यक्ष र ग्रेटर रसमुर नेपाली कम्युनिटीका उपाध्यक्षसमेत हुन् ।

अल्डरसट क्षेत्रका नेपाली तथा बेलायती समुदायतबीच परिचित बेल्वासे ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष हुन् ।

यस्तै उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको प्रवक्ताको जिम्मेवारीसमेत पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्