एनआरएनए क्युस्यु समितिले जब सेमिनार गर्ने



जापान कात्तिक २० । गैर आवासीय नेपाली संघ (एनआरएनए ) क्युस्यु क्षेत्रीय कार्यसमितिद्वारा स्युस्योकु अर्थात् जब सेमिनार आयोजना गर्ने भएको छ ।

कोभिड १९ का कारण जापानमा पछिल्लो समय काम नपाएर समस्या परिरहेका नेपालीहरुलाई लक्षित गरेर सेमिनार गर्न लागिएको हो । यही नोभेम्बर २१ तारिख बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मिनामी सिमिन सेन्टरमा सेमिनार आयोजना हुने एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमितिले जनाएको छ ।

‘कोभिडका कारण थुप्रै नेपालीहरु काम नपाएर घर फर्किने समेत स्थिति पैदा भएको छ, कतिपय होटल रेस्टुरेन्ट बन्द भएर काम नै, छोड्नुपर्ने बाध्यता सिर्जना भएको छ । यसेता समस्यामा परेका नेपालीलाई मध्यनजर गर्दै हामीले जापानमा रहेका केही कम्पनीहरुलाई बोलाएर सेमिनार गरौं भन्ने हेतुले कार्यक्रम बनाएका छौं । आशा छ नेपालीहरुले यस्को फाईदा लिनुहुने छ,’ क्युस्युका संयोजक देवराज उप्रेतीले भने । कार्यक्रममा जापानको विभिन्न क्षेत्रमा अवस्थित कम्पनीहरुको सहभागिता रहने छ ।

पछिल्लो समय कोरोनाका कारण जापानमा वर्किंग भिजासम्बन्धी विभिन्न समस्याहरु देखिएको हुँदा एनआरएनए क्युस्युले जब सेमिनारको साथ तोकुतेइ गिनोउ भिजासम्बन्धी सूचनामूलक जानकारी र पछिल्लो समय जापान सरकारको भिजा परिवर्तन सम्बन्धी कानुनी प्रावधानबारे परामर्शसमेत गर्न लागेको संयोजक उप्रेतीले जनाए ।

सेमिनार सम्बन्धी थप जानकारी चाहिएमा निम्नानुसारको नम्बरहरुमा सम्पर्क गर्न आयोजकले अनुरोध गरिएको छ ।

देवराज उप्रेती : 080-4287-1414
अर्जुन थापा : 090-8407-1403
केशव लामिछाने : 070-2396-2383

प्रतिक्रिया दिनुहोस्