नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबद्वारा धुम्बाराही वृद्धाश्रम निर्माणमा १ लाख ५० हजार सहयोग



काठमाडौं पुस १५ । नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबले धुम्बाराही वृद्धाश्रम निर्माणका लागि १ लाख ५० हजार सहयोग गरेको छ ।

लायन्स क्लब ३२५ A २ का जापान AMBASSADOR LION टंक गैरेले वृद्धाश्रममा आयोजित एक विशेष कार्यक्रमबीच रकम हस्तान्तरण गरेका हुन् ।

असहाय वृद्धा आमाहरुलाई ल्याएर विगत ६ वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको धुम्बाराही लायन्स क्लबले आफ्नै भवन निर्माण कार्य थालनी गरेको जानकारीपछि नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबले चार्टर नाइटमा वृद्धाश्रममा सहयोग गर्ने अभियान चलाएको गैरेले बताए ।

भाडाको घरमा सञ्चालित धुम्बाराही बृद्धाश्रममा हाल १० जना वृद्ध आमाहरु छन् । बृद्धाश्रमका लागि काठमाडौं वडा न ४ बाट १२ आना जग्गा प्राप्त भएकोले अत्याधुनिक सेवा सुविधा दिन सकिने भवन निर्माण गरी ४०/४५ वृद्धवृद्धालाई सेवा दिने लक्ष्य रहेको सञ्‍चालकले बताएको छ ।

सहयोगीको नामवली
किरण बर्मा 22,000 RS
लक्ष्मण बानियाँ 20,000 YEN
टंक गैरे 15,000 RS
सन्तोष थापा 10,000 YEN
ज्योति केसी 10,000 YEN
नवराज गौतम 10,000 YEN
शंकर केसी 6,000 YEN
छत्र दाहाल 5,000 YEN
अर्जुन थापा 5,000 YEN
दिलेन्द्र जोशी 5,000 YEN
भगिरथ पौडेल 5,000 YEN
प्रकाश लामिछाने 5,000 YEN
दिनेश रिमाल 5,000 YEN
अमृत भट्ट 5,000 YEN
धुर्ब गैरे 2,000 YEN
प्रकाश भट्टराई 2,000 YEN
देवराज उप्रेती 1,000 YEN
सुनिल श्रेष्ठ 1,000 YEN
बलराम उपाध्याय 1,000 YEN
प्रसान्त कंडेल 1,000 YEN
लक्ष्मण क्षेत्री 1,000 YEN
जम्मा रु. 1,50,000

प्रतिक्रिया दिनुहोस्