विद्यार्थी भिसामा जापान पुगेका क्यान्सरपीडित खनालको उपचारमा सहयोगको अपील



जापान माघ ४ । विद्यार्थी भिसामा जापान आएका नेपालको सुदूरपश्‍चिम प्रदेश लम्किचुवा-२ कैलालीका क्यान्सरपीडित केशव खनालको उपचारमा सहयोगको अपील गरिएको छ ।

मुटुको माथिल्लो भागमा क्यान्सर भएका २५ वर्षीय खनालको आर्थिक अवस्था निकै कमजोर रहेकोले जीवन रक्षाका लागिपछि उनका परिवारले सहयोगका लागि अपिल गरेका हुन् । कैलालीका खनाल १५ अक्टोबर २०१९ मा जापानको कोची केनको International collage of design and business मा विद्यार्थी भिसामा आएका थिए । जापानकै अस्पतालमा उपचाररत खनालको उपचारका लागि वार्षिक २० लाख जति लाग्ने चिकित्सकहरुले बताएका छन् ।

‘नेपाल घरको अवस्था पनि कमजोर भएकोले केशव खनालको जीवन रक्षाका निमित्त आवश्यक आर्थिक संकलन कार्यमा तपाईंहरुको अमूल्य सहयोगको लागि हार्दिक अपिल गर्दछौं । सहयोग गर्न इच्छुक महानुभावहरुले सहयोग रकम निज बिरामी केशव खनालको JP Bank को खाता नम्बर (16470 – 15608421) मा पठाउनु भएर हामीलाई जानकारी गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं,’ अपीलमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्