पत्रकार महासङ्घ युरोप शाखाद्वारा पत्रकार सम्मानित



युरोप माघ ११ । नेपाल पत्रकार महासङ्घ युरोप शाखाले भर्चुअल माध्यमबाट ५०औँ शृङ्खला एक कार्यक्रम आयोजना गरी पत्रकार सम्मान गरेको छ । बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रका पूर्वअध्यक्षका साथै वैदेशिक शाखाका अध्यक्ष र प्रेस सङ्गठन, प्रेस युनियनका अध्यक्ष, संयोजकलगायत सम्पूर्णलाई सम्मान गरेको थियो ।

सम्मानित हुनेमा अग्रज पूर्वअध्यक्ष किशोर नेपाल, डा सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, डा महेन्द्र विष्ट, हरिहर विरही, होमनाथ दाहाल, विष्णु निष्ठुरी, शिव गाउँले र वर्तमान अध्यक्ष गोविन्द आचार्य रहेका छन् । त्यसैगरी प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल, फोनिज नेपालका अध्यक्ष डण्ड गुरुङ, प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाल, प्रेस सङ्गठन नेपालका सहसंयोजक गणेश बस्नेत, सञ्चारिका समूह नेपालका अध्यक्ष नितु पण्डित र प्रेस युनियन नेपाल बेलायतका अध्यक्ष बिपीन निरौला रहेका छन् ।

वैदेशिक शाखाका अध्यक्ष नरेश खपाङ्गी मगर बेलायत, मोहन घले जापान, रञ्जनराज कुँवर दक्षिण कोरिया, करिम बक्स मियाँ कतार, हरिकृष्ण न्यौपाने कुवेत, मेघराज सापकोटा (कावाअध्यक्ष) युएई, हेमन्त काफ्ले अष्ट्रेलिया, गोविन्द पोखरेल भारत, लक्ष्मण खनाल युएई, प्रस्तावित बेल्जियम शाखाका संयोजक ओम शर्मा, पोर्चुगल शाखाका संयोजक योगेन्द्र मिलन छन्त्याललाई पनि शाखाले सम्मान गरेको हो ।

सम्मानपत्र र मायाको चिनो काठमाडौँमा हुने नेपाल पत्रकार महासङ्घ केन्द्रीय अधिवेशनमा एक समारोहका बीचमा प्रदान गरिने नेपाल पत्रकार महासङ्घ युरोपका अध्यक्ष केन्जिन राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्