तिज नजिदैं जाँदा सुनको मूल्य सस्तिदैं



काठमाडौं,भदौ ७ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्