खामेनीप्रति श्रद्धाञ्जलिका लागि तेहरानमा लाखौँको भीड जुट्दै
तेहरान (एजेन्सी),असार १९— अमेरिका–इजरायलको हवाई हमलामा मारिएका इरानका दिवङ्गत सर्वोच्च नेता अली खामेनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न शुक्रबार तेहरानमा लाखौँ मानिस जुटेका छन्।
खामेनीको शव तेहरानस्थित ग्रान्ड मोसल्लामा राखिएको छ भने शनिबार हुने औपचारिक अन्त्येष्टि समारोहमा ३० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ। इरानी राष्ट्रपति मसूद पेजेश्कियानसहित उच्च सरकारी अधिकारीहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन्।
अन्त्येष्टिको तयारीस्वरूप तेहरानमा कडा सुरक्षा व्यवस्था, ट्राफिक प्रतिबन्ध र सार्वजनिक बिदा घोषणा गरिएको छ। समारोहपछि खामेनीको शव इराकका पवित्र स्थल हुँदै जुलाई ९ मा उहाँको जन्मस्थल मशहदमा दफन गरिने जनाइएको छ।

