समाचार

बर्दियामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

बर्दिया,फागुन २९ । बर्दियाको ठाकुरबाबा नगरपालिका-२ बलातीमा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको छ। गए राति करिब ११ बजे घर छेउको खेतमा हात्तीले गहुँ खाइरहेको थाहा पाएपछि

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,फागुन २९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

भ्रष्टाचार नियन्त्रण नहुँदा जनतामा निराशा छाएको छः महामन्त्री थापा

पश्चिम् नवलपरासी,फागुन २९ । नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा भ्रष्टाचार नियन्त्रण नहुँदा जनतामा निराशा छाएको बताएका छन् । पश्चिम नवलपरासीको सुनवलमा नेपाली काग्रेसको प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन

पाकिस्तानी सुरक्षा बलको सफलता: तीन सय बढी बन्धकको उद्दार

काठमाडौं,फागुन २९ । पाकिस्तानको सेनाले बलुचिस्तान प्रान्तमा उग्रवादिहरूले कब्जा गरेको यात्रुवहाक रेलबाट तीन सय भन्दा बढी बन्धकहरूलाई मुक्त गरेको बताएको छ । बन्धक मुक्त गर्ने क्रममा ३३ जना उग्रवादी मारिएको

डेढ महिनादेखि बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा

बेलायत,फागुन २९ । लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आएका छन् । गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला परेको लन्डनस्थित नेपाली

होली पर्वले सामाजिक सद्‍भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल

काठमाडौं,फागुन २९ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै

यस्तो छ आजको मौसम

काठमाडौं,फागुन २९ । आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन-चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका मौसमविद् गोविन्दकुमार झाका

आज फागु पर्वः काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

काठमाडौं,फागुन २९ । रंगहरुको पर्व होली आज देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ ।

३२ वटा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

काठमाडौं,फागुन २९ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् ।