खेलाडीलाई प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार रकमले खेलकुद मन्त्रालय अलमलमा !



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि ‘विशेष प्याकेज’ मार्फत् पुरस्कारको घोषणा गरे ।

बिरामी भएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई बालुवाटारमा नै बोलाएर ‘सरप्राइज प्याकेज’ घोषणा गरेका थिए ।

खेलाडीले भरिभराउ हलमा प्रधानमन्त्री ओलीले खेलाडीले पाउने नगद पुरस्कार घोषणा गरे । तर उनले घोषणा गरे लगत्तै एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीले पाउने खास रकम कति हो भन्ने द्वीविधा र फरक फरक समाचारहरु सार्वजनिक भए ।

प्रधानमन्त्रीले बालुवाटारमा स्वर्ण विजेता खेलाडीका लागि व्यक्तिगततर्फ ९ लाख, रजत पदकका लागि ६ लाख र कास्य पदकका लागि ३ लाख, दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि ११ लाख पुरस्कार दिने घोषणा गरे ।

त्यस्तै टिम इभेन्टमा स्वर्ण जित्ने प्रत्येक खेलाडीले ५–५ लाख प्राप्त गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्