सुबोध थापाको स्मृतिमा फुटसल प्रतियोगिता हुने



साझापथ,रुपन्देही । रुपन्देहीका फुटबल खेलाडी सुबोध थापाको स्मृतिमा फुटसल प्रतियोगिता हुने भएको छ । झरना स्पोर्टस क्लबको आयोजना तथा सम्झना परिवार क्लब, रुपन्देही जिल्ला फुटसल संघको संयुक्त सहकार्यमा पुस ११ र १२ गते दुईदिन स्वर्गिय सुबोध मेमोरियल कप फुटसल प्रतियोगिता हुने भएको हो ।झरना स्पोर्ट्स क्लबका अध्यक्ष लोक पुनले प्रतियोगिताको तयारी पुरा भएको बताए ।प्रतियोगिताको उपाधि विजेतालाई नगद ८० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि उपविजेता टिमलाई नगद ४० हजारसहित कप, मेडल, प्रमाणपत्र तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । कार्यक्रममा रुपन्देही फुटसल संघ जिल्लाका अध्यक्ष राजु पुनले जिल्लामा संघ गठन भएको डेढ वर्षको अवधिमा संगठन र प्रतियोगितालाई ब्यवस्थित गर्ने कामलाई प्रथमिकतामा राखेको बताए । प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने संयोजक सिजन थापाले बताए । खेलप्रेमीहरुको सहयोगमा हुने प्रतियोगितामा करीब डेढ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

कार्यक्रममा सम्झना परिवार क्लब धिरज पुन, झरनाका कोषाध्यक्ष धनेन्द्र पौडेलले फुटसल संघका सचिव दिपेश अग्रहरीले फुटसल खेलको विकासमा लाग्नुपर्ने बताए । स्वर्गीय सुबोध थापा अन्तराष्ट्रिय खेलाडी श्याम थापाको कान्छा भाईका सुपुत्र थिए । सम्झना परिवार क्लबमा आवद्घ रहेका उनी राम्रा फुटबलर थिए ।

प्रतिक्रिया दिनुहोस्