छ्त्रभूमी बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न



काठमाडौ।छत्रभूमी बहुउद्देश्यीय सहकारीको साधारणसभा सप्पन्न भएको छ।२०७४ बैशाखदेखि विधिवत संचालनमा आएको उक्त सहकारीले तेस्रो साधारणसभा मनाउदै आफ्नो सेयर सदस्यहरु बीच खुशीयाली ब्यक्त गरेको छ।
छत्रभूमी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टिकाबहादुर रायमाझीले सुरुवाती दिनमा २५ जना सेयर सदस्यसगै सुरुवात भएको सहकारी आजको दिनसम्म ३१४ जना साधारण सदस्य भएको टिम हुन पाउँदा गर्व लागेको बताउनुभयो।

संस्थाले आगामी दिनमा छिटो तथा छरितो सेवा उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका नेता तथा पुर्व सांसद राजेन्द्रप्रकाश लोहनीले गाउँ समाजमा सहकारीले अशल सहकार्यको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सहकारीका सेयर सदस्य ,संस्थाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम सत्कार ब्याङ्केट बालाजु माछापोखरीमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्