एटिम फुटाउदै गर्दा युवक पक्राउ



काठमाडौ।एटिम फुटाउदै गर्दा एक युवक पक्राउ परेका छन।बैंकको एटिएम मेसिन फुटाइरहेका एक युवक पक्राउ परेका हुन ।

आज अर्थात शनिबार बिहान पुतलीसडक नजिकै माच्छापुच्छ्रे बैंकको एटिएम फुटाइरहेका युवक पक्राउ परेका हुन। पक्राउ पर्ने २४ वर्षीय तीलक खड्का भएको प्रहरीले बताएको छ । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ।

पक्राउ परेका खड्का जाजरकोटको त्रिवेणी नगरपालिका–६ स्थायी घर भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्