पोखरामा प्रदेश सांसद गुरुङ र एन्फा अध्यक्ष गुरुङ बिच मुक्कामुक्की



पोखरा ।पोखरामा गण्डकी प्रदेश सांसद राजिव गुरुङ र अखिल फुटबल संघ(एन्फा) का अध्यक्ष मिलन गुरुङ बिच मुक्कामुक्की भएको छ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै एन्फा कास्की अध्यक्ष गुरुङलाई प्रदेश सांसद गुरुङले एक मुक्का र एक लात्ती प्रहार गरेको बताइएको छ ।
खबरअनुसार,प्रतियोगितामा मनाङको प्रतिनिधित्व गर्दै सांसद मनाङेको डाँफे युवा क्लबले सहभागिता जनाएको थियो। मनाङबाट आएका खेलाडीहरुले आफूहरुले भत्ता पाउनुपर्ने माग समेत गरेका थिए । उनीहरुलाई भत्ता दिन नसकिने बताएपछि सांसदले मञ्चमै मुक्का प्रहार गरेका हुन् ।
आजदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय कपमा ११ जिल्ला मध्येबाट ९ टिमको सहभागिता छ । एन्फा कास्की अध्यक्ष गुरुङकाअनुसार मनाङको खेल भोलि (बुधबार) देखि हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्