विद्युत महसुलमा परिवर्तन गर्ने तयारी,आठ लाख ग्राहकलाई निशुल्क



काठमाडौं ।नेपाल  विद्युत प्राधिकरणले  महसुलमा परिवर्तन गर्ने तयारी गरेको छ।प्राधिकरणका अनुसार वर्तमान महसुल दरमा परिवर्तन गर्ने तयारी भएको हो।

   प्रस्तावित दर अनुसार १० युनिट सम्म प्रयोग गर्ने ग्राहकलाई निशुल्क गर्ने तयारी समेत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिए ।

  तर १० युनिट माथिल्लो युनिटलाई बढी महसुल कायम गरिएकोछ।अहिले १० युनिट प्रयोग गर्ने ग्राहक आठ लाख रहेको प्राधिकरणले जनाएको छ।

  संचालक समितिको आईतवारको बैठकले गरेको यस निर्णयलाई विद्युत् नियमन आयोगमा पेस गर्नेछ

प्राधिकरणले प्रस्ताव गरेको नयाँ दर ११ युनिटदेखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि १५० र १५१ देखि २००, २०१ देखि ४०० र ४०० देखि माथि गरी आठ श्रेणीमा विभाजन गरिएको छ ।

यससग सम्बन्धित समाचार आजको गोरखापत्र दैनिकमा गोपाल सुवेदीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्