नुवाकोटको लिखुमा गाँउपालिका स्तरीय राष्ट्र्पति रनिङशिल्ड प्रतियोगिता सम्पन्न



केदार ढकाल,नुवाकोट।नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको आयोजनामा गाँउपालिका स्तरीय राष्ट्र्पति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।”स्वास्थ्यको लागी खेलकुद राष्ट्र्को लागी खेलकुद”भन्ने नाराका साथ सम्पन्न  प्रतियोगीताको उपाधि क्षेत्रपाल माविले जितेको छ । प्रतियोगितामा २० स्वर्ण सहित गाउँपालिकाको क्षेत्रपाल मा बि प्रथम भएको हो ।

यस्तै ३ स्वण, ६ रजत सहित ज्योती कुञ्ज ऐकेडेमी दोश्रो र ३ स्वर्ण ५ रजत सहित शान्तिकुञ्ज ऐकेडेमीले तेश्रो स्थान हात पारेको छ।
प्रतियोगितामा गाउँपालिकाका  ७ वटा विद्यालयहरुले सहभागि थिए ।
प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै लिखु गाँउपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले देशको सम्बृद्धि तथा उन्नतिका निम्ति  खेलकुद अपरिहार्य रहेको बताउनुभयो ।

गाँउपालिकाको नीति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिने उहाले बताउनुभयो। दुई दिन सम्म संचालन भएको प्रतियोतिामा सहभागी विद्यार्थीहरुलाई १/१ वटा भलिबल र फुटबल प्रतिनिधिसभा सदस्य बहादुर सिंह लामाले प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्