मुल्य घट्यो



काठमाडौँ, फागुन-६ । डिजेल र पेट्रोलको मूल्यमा नेपाल आयल निगमले घटाएको छ।निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले घटाएको हो।यो मुल्य निर्धारण  सोमबार राति १२ बजेबाट लागू भएको छ।
  
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै यथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको छ।
  यससग सम्बन्धित समाचार गोरखापत्र दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस्