चितवनमा दुई करोडको दुग्ध उद्योग संचालन हुँदै



काठमाडौ,फागुन-१६।चितवनको पश्चिम् क्षेत्र पटिहानीमा दुई करोडको दुग्ध उद्योग संचालन आउने भएको छ।उक्त क्षेत्रमा  रहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्धजन्य परिकारहरु उत्पादन गर्दै आएकोमा चैत्र मशान्त देखि अत्याधुनिक उद्योगबाट प्रशोधित दुध, दही, पनिर, घ्यू र दुग्ध जन्य परिकारहरु उत्पादन गरि बिक्रि वितरण गर्न लागिएको संस्थाले जानकारी दिएको छ ।

उद्योग स्थापनाका लागि सहकारी विभागले ८५ लाख रुपैयाँ अनुदान समेत दिएको छ । उत्पादित वस्तुहरु प्याकिङ गरि गंगा ब्राण्डका रुपमा बिक्रि गरिने संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए । यस सहकारीमा प्लान्ट मेशिन, दुध ढुवानी साधन बोलेरो समेत रहेको छ ।

उद्योग स्थापना भएपछि सहकारीले प्रतिलिटर १० रुपैयाँ छुट किसानलाई दिन सक्ने अनुमान गरेको छ । अहिले किसानहरुले सरदरमा ५७ रुपैयाँमा खरिद गर्दै आएको छ । पछि ६७ रुपैयाँमा खरिद गर्न सकिने सापकोटाले बताए । उद्योग स्थापनाका लागि सहकारीले आधुनिक नमुना गाई फार्म तथा स्रोत केन्द्र सञ्चालन गरि दैनिक २ सय देखि ५ सय लिटर दुग्ध उत्पादन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्